Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं,  २८ असोज । त्रिभुवन युनिभर्सीटी चिकित्साशास्त्र अध्ययन शास्त्रका डिन डा. जगदिश अग्रवाललाई महाराजगञ्जस्थित अस्पताल परिसरमै सोमबार कालोमोसो दलिएको छ ।

डा. अग्रवालको कार्यकक्षभित्रै पसेर एक युवकले कालोमोसो दलेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालले जानकारी दिए ।

अनुसन्धानको क्रममा डा.अग्रवाललाई कालोमोसो दल्ने काठमाडौं जिल्ला कागेश्वरी मनहरा नगरपालिका–१ बस्ने २८ वर्षीय विजय थापा रहेको र थापालाई लगत्तै महाराजगञ्ज वृत्तको प्रहरी टोलीले पक्राउ गरेको डीएसपी लम्साले बताए ।

पक्राउ परेका थापाले डा. अग्रवाललाई कालोमोसो दल्नुको कारण खुलिनसकेको प्रहरीको भनाइ छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments