Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

विराटनगर,  २८  असोज  ।  दशैंको अवधीमा मोरङ जिल्लामा ११ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्ममा ११ जनाले आत्महत्या गरेका हुन् ।

त्यसै अवधीमा १५ जनाले आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार दशैंकै अवधीमा भएका ५५ वटा सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने ९१ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गत साउन र भदौमा गरी मोरङमा ४६ जनाले आत्महत्या गरेका छन् । चाडपर्वमा मात्र १५ जनाले विष सेवन गरी आत्महत्या प्रयास गरे भने ११ जनाले झुण्डिएर आत्महत्या गरे । आत्महत्या गर्नेमा अधिकांश २५ वर्षमुनिका युवा छन् ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार आत्महत्याको कारणमा उनी गरिबी, पारिवारिक झैझगडा, वैदेशिक रोजगारको समस्या आदि रहेका छन् । गत वर्ष मोरङमा मात्र १७२ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७४–७५ मा १८१ र २०७३–७४ मा २२० जनाले आत्महत्या गरेका छन् ।

सानो कुरामा छिट्टै प्रतिक्रिया जनाउने उमेर समूहका मानिसमा निराशताका कारण आत्महत्याको बाटो रोज्न सक्ने मोरङका प्रहरी प्रवक्ता घनश्याम श्रेष्ठ बताउँछन् ।अनलाइनखबर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments