Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

 

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
लेखक

                                                                      ओली, देउवा र प्रचण्ड महोदय,
लालसलाम ! जयनेपाल !!

कागजी खुल्ला दिसामुक्त राजधानी सहरमा बस्नुहुने आदरणीय शीर्ष नेतागण त्यहाँ हजुरहरुलाई के कस्तो छ ? यहाँ हाम्रो खबर चैं बेठीक छ किनकी खुल्ला दिसामुक्त राष्ट्रिय कार्यक्रम निधारित समयमा सफलपार्न सकिनैं हामीले ।
निधारित अवधि सन् २०१७ सकिएको पनि तीन महिना बितिसक्यो हामी त अहिले पनि खुल्ला दिसायुक्त गाउँमा बस्न बाध्य छौं । हाम्रो कारणले त्यहाँ हजुरहरुलाई जवाफ दिन अप्ठेरो भैसको होला ?
अँ साँची ! नेता ज्यू ! हाल नेपाल देश हाँक्ने मुख्य पार्टी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र यिनै तीन पार्टी हैनन् ?

नेता महोदय तपाईंहरु समक्ष म केही जिज्ञासा राख्छु झर्को नमान्दिनु ल ?

१, आम नेपालीहरुको प्रत्यक्ष स्वास्थ्य, सरसफाई र सभ्यता संग जोडिएको यो खुल्ला दिसामुक्त रष्ट्रिय अभियानले किन तपाईंहरुको पार्टी संगठनलाई छुन सकेन् ?
२, राष्ट्रिय पार्टीहरुलाई राष्ट्रको इज्जत झल्काउने खुल्ला दिसामुक्त राष्ट्रिय कार्यक्रमा किन चासो र संलग्नता
छैन ? कि सरकारको मात्र चासो र जवाफदेयिताको बिषय हो यो ? राष्ट्रिय पार्टीहरुले चै चासो नराख्दापनि हुने हो की ? स्थानीय तहका जनप्रतिनिधि सरकारको तर्फबाट यो अभियानमा लाजगाल जोडिएका हुन् तपाईंको पार्टीबाट होइनन् ।
३, तापाईंहरुले आफ्नो राष्ट्रिय पार्टीबाट उपल्लो स्थाई कमिटी , केन्द्रय कमिटी देखि सेल कमिटी सम्म पनि सरकारले अगाडि सारेको राष्ट्रिय महत्वको कार्यक्रम सफल पार्न लागौं सहयोग गरौं भनेर निर्णय गराएर सर्कुलर किन नपठाउनु भएको ? मैले नबुझेको कुरा के भने सरकारले अघिसारेको राष्ट्रिय महत्वको अभियान सफल पार्न पार्टी कार्यकर्ता चलायमान गर्न मिल्दैन ? सरकारसंग भन्दा अगुवा चेतना भएका सचेत स्वयंसेवी जनशक्ति त राजनीतिक पार्टी संग हुन्छन् होइन र ?
४, नेता ज्यू तपाईंहरुले चुनावका बेला, आमसभा, जुलुस, धर्ना बन्द–हड्तालमा र भोटमाग्न प्रयोग परिचालन गर्ने कार्यकर्तालाई खुल्ला दिसामुक्त तथा साक्षारता अभियान जस्ता राष्ट्रिय महत्व र गौरवका अभियानमा परिचालन गर्न मिल्दैन ?
५, युवा संघको अगुवाइ तथा सहयोगमा यो वार्ड, तरुण दलको सहयोग र अगुवाइ त्यो वार्ड अनि वाइसीएलको पहलमा पल्लो वार्ड खुल्ला दिसामुक्त वार्ड घोषण भयो अरे भन्ने खबर हमीले पढ्न सुन्न नपाउनु नेता ज्यू ?
६, कुप्रथा र अन्धविस्वासबाट नेपाली समाज अहिलेपनि आक्रन्त छ । सामाजिक समस्या सामाधानमा सचेतनामूलक अभियान चलाएर पार्टी संयन्त्र तथा नेता कार्यकर्ता सक्रिय हुँदा एनजिओ, आइएनजिओको डलर खेतीमा असर पर्छ भनेर पो तपाईंहरु पछिहट्नु भएको हो ?
७, तपाईंहरुका पार्टीका नेता नै पटक–पटक बोक्सी काण्डमा बिबादमा आउछन् । कतिपय निर्वाचित जनप्रतिनिधिहरुका घरमा अहिलेसम्म पनि सैचालय छैन् । पार्टी कार्यक्रम अन्तरगतबाट पनि सचेतना कार्यक्रम चलाउदा हुन्न ?
८, नेता महोदय खुल्ला दिसामुक्त नेपाल निर्माणको महान राष्ट्रिय अभियानमा तपाईंहरुका विद्यार्थी संगठन, युवा संगठन, मजदुर, किसान, शिक्षक, बुद्धिजीवि संगठन, महिला संघ–संगठन सबै संयन्त्र परिचालन गरेर सफल पार्दा के बिग्रिन्छ ? तपाईंहरु संग धेरै प्रकारका विशेषता भएका संगठन छन् ती संगठनलाई संकीर्ण राजनीतिक स्वार्थमा मात्र प्रयोग नगरी समाज सुधारका अग्र मोर्चामा पनि रचनात्मक परिचालन गर्दा हुन्न ? यसो गर्दा तपाईंका कार्यकर्ताको क्षामता ह्रस नहोला बरु सकरात्मक विकास होला ।

९, म त प्रधानमन्त्रीको निर्वाचन क्षेत्रको अनी नेपाल सरकारका अर्थमन्त्री र उप–सभामुख, महान्यायधिवक्त, प्रदेश आन्तरिक मामिला मन्त्री तथा नेपाल सरकारका सरसफाई दुत लगाएतका विशिष्ट ब्याक्तित्वहरुको गृहनगर गौरादहको नागरिक हुँ । नेता ज्यू गौरादह नगरपलिकामा अहिलेपनि २५ प्रतिशत भन्दा बढी घरहरु सौचालय बिहिन छन् ।

आर्थीक समृद्धी र समाजवादी क्रान्तिको कुरा गर्न छाडेर यस्ता साना मसिना कुरा गर्दोरछ भनेर नरिसाउनुहोला नेतागण । नेताले चलाएको देश भन्दापनि नीतिले चलाएको देशको नागरिक हुन मन छ मलाई नेता ज्यू । आजालाई यतीनै बाँकी अर्को पत्रमा लेख्नेनै छु । छिट्टै खुल्ला दिसामुक्त देश नेपाल घोषण होस् । धन्यवाद ।

मिति २०७४–१२–०९

                                                                                       डण्डिराज घिमिरे
                                                                                 गौरादह नगरपालिका, झापा
                                                                                     १ नं. प्रदेश, नेपाल
                                                                                       ९८५२६७६३०८ 

तपाईको प्रतिक्रिया