Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं,  २८  असोज  ।  मलेसियास्थित श्रम विभागले नेपाली कामदार ल्याउन इच्छुक मलेसियाली कम्पनीको मागपत्र प्रमाणीकरण गर्न थालेको छ । नेपालसँगको श्रम समझदारी कार्यान्वयन गर्न मलेसिया सरकारले कडाइ सुरु गरेको हो । यसअघि मागपत्र प्रमाणीकरण गर्न सिधै नेपाली दूतावास लैजाने गरिन्थ्यो ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार दसैंपछि मात्रै मलेसियाली कम्पनी दूतावास आउन थालेका हुन् । मागपत्र प्रमाणीकरणपछि मात्रै कम्पनीले वैदेशिक रोजगार विभागको अनुमति लिई कामदारको अन्तर्वार्ता गर्न पाउनेछन् । दूतावासमा दैनिक ७ देखि १० वटा कम्पनी आइरहेका छन् । पुरानो ढाँचाअनुसार मागपत्र प्रमाणीकरण गर्न झन्डै ६ सय कम्पनीले फाइल पेस गरेका थिए । मलेसिया रोजगारी बन्द भएपछि ती कम्पनीले फाइल फिर्ता लगी नयाँ ढाँचाअनुसार मागपत्र बनाएर आउन थालेको राजदूत पाण्डेले बताए ।

नयाँ समझदारीअनुसार कामदारको भिसा, हवाई टिकट, भिसा प्रक्रियामा लाग्ने खर्च र म्यानपावर कम्पनीलाई दिइने सेवाशुल्क सबै रोजगारदाताकै जिम्मेवारीमा पर्नेछ । रोजगारदाताले नेपाली कामदार ल्याउन १७ वटा चरण पार गर्नुपर्नेछ । रोजगारदाताले एक कामदार ल्याउन २ लाख १५ हजार रुपैयाँसम्म लगानी गर्नुपर्नेछ । म्यानपावर कम्पनीले पनि मलेसिया जाने कामदारसँग आफूखुसी रकम लिन पाउने छैन । कम्पनीलाई रोजगारदाताले झन्डै एक महिना बराबरको तलब सेवाशुल्क दिनुपर्नेछ । यो मलेसिया र नेपालका म्यानपावरबीच आधा बाँडफाँट हुन्छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments