Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

मोरङ,  २७  असोज  ।  मोरङको उर्लावारीमा दुइ बर्षीया बालिकाको नालीमा डुबेर मृत्यु भएको छ । उर्लावारी नगरपालिका-४ वानडाँडा बस्ने कुमार मगरको २ बर्षीया छोरी निरजला मगरको नालीमा डुबेर मृत्यु भएको हो ।

आज बिहान पौने ११ बजेको समयमा बालिका घर छेउको नालीमा डुबीरहेको छिमेकीले देखि तत्काल उपचारको लागि मंगलवारे अस्पताल लगेकोमा अस्पताल पुर्‍याउना साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments