Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं,  २५  असोज  ।  दुई दिने भ्रमणको सिलसिलामा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालमा भव्य स्वागत भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अपरान्ह सी उत्रिदा राष्ट्रपति विद्यादेवी भण्डारी नै स्वागतका लागि पुगेकी थिइन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सांसदलगायतका विशिष्ट व्यक्तित्वहरु विमानस्थल स्वागतका लागि पुगेका थिए ।

सी विमानस्थलबाट बासको प्रवन्ध रहेको होटल सोल्टीमा जानेछन् । उनी होटल जाने रुटमा पनि भव्य स्वागतको तयारी गरिएको छ। सीको स्वागतका लागि सडक छेउमा सरकारी कर्मचारी, विभिन्न पेशागत संघ–संगठन, सर्वसाधारणलगायत लामबद्ध रहेका छन् । सी पुग्ने रुट सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी हुँदै होटल पुग्नेछन् ।रातोपाटी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments