Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं,  २५  असोज  ।  आज भारत हुँदै नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा सडकहरु चिटिक्क पारिएका छन् । ठाउँठाउँमा ब्यानर र स्वागतद्वार अनि आकर्षक नारा । अनि मूल सडकका दायाँबायाँ खम्बाहरुमा नेपाल र चीनका राष्ट्रपतिको तस्वीर क्रमैसँग टाँगिएका छन् । तर कतिपय ठाउँमा निकै लापरबाहीपूर्वक यस्ता तस्वीर टाँसिएको देखियो ।

राष्ट्पति कार्यालयको गेट अघिल्तिर हर्ननिषेधको संकेत बोर्डले राष्ट्रपति विद्यादेवी भण्डारीको पूरै अनुहार छोपिनेगरी टाँगिएको छ । अलि माथि सारेर प्रस्ट देखिनेगरी मिलाएर टाँग्न सकिन्थ्यो । अन्य विभिन्न ठाउँमा पनि यसैगरी लापरबाहीपूर्वक सडक संकेतका लागि राखिएका बोर्डहरूले अनुहारै छोपिने गरी राखिएको छ । कतैकतै भने कुरूप बिजुलीका लट्टामुनि टाँगिएका तस्वीरहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिएका छन् ।

राष्ट्रपति कार्यालय महाराजगञ्जदेखि पानीपोखरी हुँदै उता लैनचौर जाने सडकको दायाँबायाँ आज बिहान हतारहतार यस्ता तस्वीर टाँगिरहेको देखियो । हतारको काम तर बेपर्वाह ।न्यूज२४

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments