Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

गौरादह,  १८  असोज  ।  गौरादह-२ हाँसखोराकि मानसिक रोगी कृष्णमाया ओझालाई आर्थिक सहयोग गरिएको छ।झापा सरोकार समाज काठमाडौंले कृष्णमायाको घर आँगनमै पुगेर जनप्रतिनिधि र छरछिमेकीहरुको रोहवरमा नगद १६ हजार आर्थिक सहयोग गरेको हो।

५७ बर्षिया कृष्णमाया लामो समय देखि मानसिक रोगबाट पिडित थिईन। उनका ३ छोरि भएपनि बिबाह भईसकेकाले श्रीमान र उनी मात्र घरमा रहेका छन। सरोकार समाजले आर्थिक रुपमा बिपन्न परिवारलाई आर्थिक सहयोग गर्दै आएकोमा यस बर्ष पनि झापाको गौरादहमा गरिब तथा बिपन्न र लामो समय देखि मानसिक रोग बाट पिडित कृष्ण मायालाई सहयोग गरेको संस्थाका कोषाध्यक्ष बिजय दहालले बताए।

आर्थिक अबस्था कमजोर भएकाले थप उपचार गर्न समस्या भएको समयमा सरोकार समाजले आर्थिक सहयोग गरेकोमा उनका श्रीमान कृष्णप्रसाद ओझाले खुसी ब्यक्त गरे। कार्यक्रम संस्थाका सचिब खेमराज अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले आर्थिक अबस्था कमजोर भएका परिवारलाई उपचार गर्न सहयोग गरेकोमा झापा  सरोकार समाजलाई धन्यवाद दिए। नगर भित्र रहेका गरिब तथा बिपन्न परिवारलाई स्थानीय सरकारले पनि सहयोग गर्ने बताए। त्यसअबसरमा वडा नं २ का वडाध्यक्ष हेमन्त कार्की,समाजसेवी पुष्प ढकाल,सहसचिब सोभित चौलागाईं,सदस्य दिपक खड्का लगाएतले मन्तब्य राख्दै कृष्ण मायाको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments