Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं,  ६  असोज  ।  पारिवारिक, सामाजिक र अन्य विभिन्न घटनाका कारण लागुऔषधको दुर्व्यसनीमा फस्ने युवाहरुको संख्या बढ्दै गएको छ । बढ्दो उमेरसँगै आउने परिवर्तन र महत्वाकांक्षा पूरा नहुँदा कतिपय युवा कुलतमा फस्ने गरेका छन् ।

नेपालमा खुला सीमा भएकाले नाकाबाटै लागुऔषध नेपाल भित्रने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । पछिल्लो समय मुलुकभर लागुऔषध ओसारपसारका घटना वृद्धि भएका छन् । खुला सीमाका कारण तराईका विभिन्न स्थानबाट लागुऔषध नेपालमा भित्रनेक्रम बढेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयकाअनुसार आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषधका घटनामा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा तीन हजार ८८ मुद्दा दर्ता भएकामा आर्थिक वर्ष २०७५/०७६ मा तीन हजार ३५९ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय ‘फर्मास्युटिकल्स’ लागुऔषध भित्रनेक्रम बढ्दै गएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामा बताउँछन् । लागुऔषध सेवनले व्यक्ति, घरपरिवारमात्र नभएर समाजलाई नै असर गर्ने भएकाले प्रहरीले बढ्दो दुर्व्यसनी तथा ओसारपसार कम गर्न सक्रिय भएर काम गरिरहेको छ ।

ब्यूरोले हालसम्म ९९ विदेशीसहित दुई हजार ५२२ व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ । नेपालमा वार्षिक ११ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ता बढ्ने गरेको तथ्यांकले देखाएको छ ।इमेजखबर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments