Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं,  ५  असोज  ।  झापामा खोलाभित्रको जग्गा देखाएर डेढ करोड र अन्य कमसल धितोमा तीन करोड गरी साढे चार करोड रूपैयाँ ऋण प्रवाह गरेको अभियोगमा बैंक अफ काठमाण्डू (बीओके) का पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कमसल धितोमा साढे चार करोड रूपैयाँ ऋण निकासा गरेको अभियोगमाथि छानबिनका लागि उनीहरुलाई नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । अभियोग पुष्टी भए उनीहरुलाई बैंकिङ्ग कसुरमा मुद्दा चलाइने बताइएको छ ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments