Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

झगेन्द्र खड्का
गौरादह,  २  असोज  ।  गौरादह नगरपालिकामा रहेको पुरानो गौरादह बजार क्षेत्र साँघुरो हुँदा व्यापारी देखि सर्वसाधारणलाई समस्या भएको छ ।बजारमा व्यवसाय गर्न आउने व्यापारीको संख्या थपिदा र सामान खरिद गर्न आउने उपभोक्ताको संख्या बृद्वि हुदा साबिकको बजार क्षेत्र साँगुरो भएको हो ।

हप्तामा दुई दिन आईतबार र बिहिवार हाट लाग्ने बजारमा ठाउँ अभाबका कारण खुद्रा ब्यापारीहरू सडकमै व्यापार गर्न बस्ने गरेका छन । बजार भित्रका सडकको दुबै पट्टि ब्यापारीहरू व्यापार गर्न बस्ता सडक साँघुरो भई आवतजावतमा समस्या भएको छ । सडक साँघुरो हुदा उपभोक्ताहरू प्रत्यक्ष रूपमा मारमा परेका छन भने दुर्घटनाको जोखिम बढेको छ । बजार क्षेत्रका सडकमा विशेष गरि सागसब्जी, जुत्ता, चप्पल, फलफुल, खेलौना फलाम सम्बन्धिका सामान,कपडका सामानहरू बिक्री गर्न आउने खुद्रा व्यापारीहरूले व्यापार गर्ने गरेका छन । जनसंख्याको बृद्वि भई घना बस्ती हुँदा हाटको दिन बजारमा सामान खरिद गर्न आउने उपभोक्ताहरूको भिडभाड हुनेगरेको छ ।

साबिकको बजार क्षेत्र साँघुरो हुदा समेत बजारको क्षेत्र बिस्तार वा स्थान्तरणका लागि सम्बन्धित निकायबाट खासै पहल गरेको पाईन्दैन । करोडौ रूपैयाँ खर्च गरेर साबिकको बजार क्षेत्र स्तरोन्नती गरेपनि बजारको समस्या जस्ताको त्यस्तै रहेको छ भने ब्यबस्थापन पक्ष कमजोर देखिएको छ ।

बजारको उतर पट्टी वडा कार्यालय, प्रहरी कार्यालय पशु सेवा केन्द्र, कृषि सेवा केन्द्र , सामुदायिक तथा संस्थागत बिद्यालय, लगायतका कार्यलयहरू रहेका छन ।बिद्यालय जाने शिक्षक बिधार्थि तथा कार्यालयमा सेवा लिन जाने सेवाग्राही सामान खरिद गर्न आउने उपभोक्ताहरूको भिडभाड हुने गर्दछ ।बजारको दिन सडक छेउमा ब्यापारीहरू व्यापार गर्न बस्दा सडक साँघुरो भएर भिडभाड हुदा आवतजावतमा समस्या हुनुको साथै सवारीका साधन समेत सडकमा हिड्दा दुर्घटनाको जोखिम समेत बढेको छ ।

बजारमा ब्यापारी तथा ग्राहाकको संख्या बृद्वि सबिकको बजार क्षेत्र साँघुरो भएकाले बजारको केही सेक्टर सार्न आबश्यक रहेको गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष जीवन राई बताउँछन् ।गौरादहमा २ हजार ३ सय ब्यापारी उद्योग बाणिज्य संघमा दर्ता भएको र करिब २ सय खुद्रा ब्यापारी हाटको दिन ब्याबसाय गर्न आउने गरेको अध्यक्ष राई बताउँछन् । ब्यापारीले १ हजार देखि ५ हजार सम्म कर तिरे पनि व्यवसायी खुसी नभएको उनले बताए ।बजारमा स्टल बापत ब्यापारीले धरौटी राखेको रकम बजार ब्याबस्थापन समितिले राखेपनि ब्यबस्थापन पक्ष कमजोर रहेको अध्यक्ष राईले बताए ।

बजार क्षेत्र साघुँरो भएकाले स्थान्तरणको प्रक्रिया अगाडि बढाई सकेको गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह बताउँछन् ।बजार स्थानान्तरण तथा कृषि थोक केन्द्र निर्माणका लागि अमर नि।मा।बि। को जग्गा लिजमा लिएर घर टहरा निर्माणको कार्य भई रहेको र आबश्यक ब्यबस्थापन कार्य भई नसकेकाले बजार स्थानान्तरणको प्रक्रियामा ढिलाई भएको मेयर शाहले बताए ।कृषि थोक केन्द्र राखिने स्थानमा ब्यबस्थापन मिलाई खुद्रा ब्यापारीहरूलाई स्थानान्तरण गरिने बताए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments