Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

गौरादह,  १  असोज  ।  समाजमा सद्भाव कायम राख्ने उदेस्यले नेपाल मानव धर्म सेवा समिति शाखा गौरादहले धार्मिक प्रर्वचन कार्यक्रम संचालन गरेको छ । गौरादह बजारको दुर्गा मन्दिर प्राङ्गणमा आयोजना गरिएको धार्मिक कार्यक्रममा एक आपसमा भाईचाराको सम्बन्ध कायम राख्दै समाजमा शान्ति,प्राणीमा दयाका साथै एक आपसमा मेलमिलापको भावना कायम राख्न सन्त समागम सत्संङ कार्यक्रम संचालन गरेको आयोजकले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

त्यसअवसरमा भक्तजनहरूले भजन कृतन गरेका थिए ।मेची क्षेत्रीय प्रमुख महात्मा तुलसी वाइजीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले कार्यक्रमको उद्घाटन गर्दै विभिन्न जातजाती भाषाभाषीहरूको बसोबास रहेको बहुधार्मिक मुलुकमा धर्म,संस्कृति र परम्पराको रक्षा गर्न आबश्यक रहेको धारणा राखे ।

कार्यक्रममा वडा नं १ ,२,३ का वडाध्यक्षहरू नगेन्द्र भन्डारी, हेमन्त कार्की, गजेन्द्र घिमिरे र पन्डीत भूवन न्यौपाने लगायतले शुभकामना मन्तब्य राखेका थिए । सान नेपालले कार्यक्रम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments