Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

कपिलवस्तु,  २९  भदौ  ।  कृषि मन्त्री चक्रपाणि खनालकै जिल्ला कपिलवस्तुमा पनि रासयानिक मल युरियाको अभाव रहेको छ । मल अभावको कारण कपिलवस्तुका किसान चिन्तित बनेका छन । यस आर्थिक वर्षमा रासयनिक मल युरिया नआए पछि किसानहरु चिन्तित बनेका छन । धान बाली लगाउने तथा लगाई सकेपछि पनि युरिया मल चहिन्छ । तर कपिलवस्तुमा भने युरिया मल नभएको कृषि सामग्री कम्पनी लिमिटेड कम्पनीका प्रमुख दिनेश शर्माले दावी छ । कपिलवस्तुमा सविकको ३९ गाविस तथा कपिलवस्तु नगरपालिकामा वितरणको जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेडले तथा बाँकी साल्ट ट्रेडिङ्ग कम्पनीले वितरणको जिम्मेवारी पाएको छ ।

कपिलवस्तुमा १५ हजार मेट्रिक टन मलखादको बार्षिक अवश्यकता रहेकोमा युरिया ८ हजार मेट्रिक टन, डिएपी ५ हजार मेट्रिक टन, तथाअन्य कृषि चुना, जिंक आदि मलको आवश्यकता रहेकोमा कपिलवस्तुमा कृषि सामग्री कम्पनी लिमिटेड कपिलवस्तुमा युरिया ८ हजार मेट्रिक टनमा जम्मा ३ सय ५० मेट्रिक टन उपलब्ध भएको भएको थियो । जुन धान रोपाईको समयमा खपत भईसकेको छ । अहिले भने पुनः युरिया मलको अभाव देखिएको छ । जुन कम्पनीमा नरहेको कृषि सामग्री कम्पनी लिमिटेड कपिलवस्तुका प्रमुख शर्माले जानकारी दिनु भएको छ ।

धान पसाउने बेलामा युरिया मल नपाएर हैरान बनेको किसानहरुको गुनासो छ । सरकारले डिएपी चहिएको बेला युरिया मल दिने गरेको र युरिया चाहिएको बेला डिएपी दिने गरेको पनि किसानहरुले दुखेसो पोखेका छन् । नेपालमा उलपब्ध हुन नसकेपनि आफुहरुले मल महंगो मूल्य तिरेर भारतबाट ल्याउनु परेको गुनासो पनि किसानहरुको गुनासो छ ।

नेपालमा मलखादको व्यवस्था हुन नसक्दा भारतीय सीमावर्ती क्षेत्रबाट चोरीलुकाई ल्याउनु परेको र नेपालमा पाइहाले पनि अति महंगो भन्ने गरेको गुनासो पनि किसानहरुको छ ।न्युज२४

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments