Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

गौरादह,  २१  भदौ  ।  विषालु सर्पले डसेर गौरादह नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । गौरादह-१ स्थित डिठ्ठा चोक निवासी ५५ वर्षिया चन्द्रा ताजपुरीयाको मृत्यु भएको हो ।

बिहिबार साँझ घरमा घरायसी काम गरिरहेको बेला सर्पले डसेको र उपचारका लागि दमकको रेडक्रस भवनमा लगिएतापनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि लाइफलाइनमा रेफर गरिएको र त्यहाँ उपचारकै क्रममा हिंजो राति उनको मृत्यु भएको छिमेकी सकेन्द्र ताजपुरीयाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments