Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

गौरादह,  १६  भदौ  ।  नेपालीहरुको महान् चाड दशैं तिहारलाई मध्यनजर गर्दै गौरादह नगरपालिका भित्रका सम्पूर्ण बजारहरु खुला गरिएको छ । गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जिवन राईले नेपालीहरुको महान् चाड दशैं, तिहार छठ पर्व नजिक आइरहेकाले ग्राहक वर्गहरुमा कुनै प्रकारको समस्या हुन नदिन बजार खुल्ला गरिएको जानकारी गराए ।

बजारमा सामान खरिद गर्न आउने सेवाग्राहीहरुलाई बजार बन्द हुँदा सामान खरिद गर्न समस्या हुने भएकाले चाडपर्वको मुखमा बजार बन्द नराख्ने बताए । यसअघि नगरपालिका भित्रका बजारहरु हप्तामा १ दिन बन्द हुने व्यवस्था भएको तर चाडपर्वलाई लक्षित गरि सबै दिन खुल्ला गरिने वातावरण बनाएको बताए ।

छठ पर्व पछि उद्योग वाणीज्य संघको नियम अनुसार हप्तामा एकदिन पुनः बजार बन्द गरिने जानकारी गराए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments