Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

गौरादह, १२ भदौ  । गौरादह नगरपालिकाको आयोजनामा चेतनामूलक तिज विशेष कार्यक्रम आज (बिहिबार) सम्पन्न भएको छ । गौरादह १ को उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन गरिएको कार्यक्रममा गौरादह नगरपालिका भित्रका जनजाति, आदिबासी, दलित, सन्थाल जातिका महिलाहरुको समेत सहभागिता रहेको थियो ।

तिजको अवसर पारेर जनजाति, आदिबासी, सन्थाल तथा दलित समुदायका महिलाहरुलाई उपस्थित गराएर गौरादह नगरपालिकाले हालसम्म महिलाहरुको क्षेत्रमा के कस्तो कार्य गर्दै आएको छ भन्ने जानकारी दिने उद्देश्यले पनि तिज विशेष कार्यक्रम गरिएको गौरादह नगरपालिकाकी उपमेयर गीता भेटवालले जानकारी दिनुभयो । तिज विशेष कार्यक्रममा जनप्रतिनिधी, नगरका सबै महिला कर्मचारीहरुको सहभागिता रहेको थियो ।

हिन्दु महिलाहरू ले परापुर्ब काल देखि मनाउदै आएको तिज पर्व बिशेष गरि आ-आफ्नै घरमा चेलिबेटीहरू जम्मा भई मिठो मसिनो खाई रमाईलो सँग मनाईने तिज पर्व पछिल्ला दिनमा सस्थागत र सामुहिक रूपमा पनि मनाईन थालेको छ । तिज पर्वको दिन आफ्नो घरमा व्रत बसि घरैमा तिज मनाईने भएकाले तिज आउनु अगाडि नै महिलाहरूलाई जम्मा गरि सामुहिक तिज मनाईएको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

कार्यक्रममा महिलाहरूले तिज सम्बन्धि गितहरुमा सामुहिक नृत्य गरेका थिए । गौरादह नगरपालिकाकी उपमेयर गीता भेट्वाल को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गौरादह नगरपालिका का मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले हिन्दु धर्मावलम्बीहरुले परम्पराकालदेखि आफ्नो घरमा मनाईंदै आएको महिलाहरुको महान पर्व तिजलाई पछिल्ला दिनमा सबैलाई जानकारी गराउन सामूहिक रुपमा तिज पर्व मनाउन थालिएको बताए ।

कार्यक्रममा महिला सशक्तिकरणकी अध्यक्ष भरीपूर्ण राई, एकल महिला अध्यक्ष भिमा उप्रेती, महिला विकास सहकारी अध्यक्ष लक्ष्मी ढकाल, महिला सञ्जालकी कोषाध्यक्ष प्रेम कुमारी घिमिरे, योजना शाखा अधिकृत रेखनाथ दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यपालिका सदस्य जलवर्षा राजवंशीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments