Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं,  ११  भदौ  ।  मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा विद्युत अवरुद्ध भएपछि कामकाज ठप्प भएको छ । दिउँसो १२ बजेतिर सिंहदरबारको पूर्वी गेट छेउ र उर्जा मन्त्रालयको छेउमा ११ हजार भोल्टेजको विद्युत लाइन पड्किएको नेपाल विद्युत प्राधिकरण रत्नपार्क नो लाइटका एक कर्मचारीले जानकारी दिए ।

अहिले प्राधिकरणका कर्मचारीले विद्युत लाइन मर्मत गर्न थालेका छन् । दिउँसो ३ बजेसम्म विद्युत सेवा सुचारु हुने उनले बताएका छन् । विद्युत अवरुद्ध भएपछि कम्प्युटर तथा इन्टरनेटमा आधारित भएर गर्नुपर्ने काममा बाधा पुगेको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments