Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

गौरादह,  १०  भदौ  ।  गौरादह २ हाँसखोरा स्थित सिद्धेश्वर शिवालय मन्दिरमा आज तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । हिन्दु महिलाहरुले परापूर्व कालदेखि नै मनाउँदै आएको तिज पर्व यसवर्ष पनि भव्यताका साथ मनाइएको छ । विशेष गरि विहे गरेका महिलाहरु आफ्नो जन्मघर गई सबैजना भेला भई मिठो मसिनो खाई रमाईलो सँग मनाइने यो पर्व पछिल्ला दिनमा संस्थागत र सामूहिक रुपमा पनि मनाउन थालिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी २ नं. वार्ड कमिटिले आयोजना गरेको तिज विशेष कार्यक्रममा २ नं. वडा भित्रका महिलाहरुलाई एकै ठाउँमा भेला गरि सामूहिक दर खाई नाचगान गरिएको थियो । रातो साडि चोलो हरियो चुरा गरगहनामा सजिएका महिलाहरूले तिज सम्बन्धि नेपाली लोक गितमा एकल तथा सामुहिक नृत्य गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तिज पर्बको दिन आफ्नो श्रीमानको लागि पानि पनि नखाई श्रीमानको स्वास्थ्य दिर्घायुको कामना गर्दै महिलाहरु व्रत बस्ने भएकोले पनि यो पर्वले धेरै महत्व बोकेको गौरादह नगरपालिकाकी उपमेयर गिता भेट्वालले बताउनुभयो । महिलाहरूले तिज सम्बन्धि नारि बेदनाका गितहरू गाउनुका साथै एकल तथा सामुहिक नृत्य गरेका थिए ।कार्यक्रममा सहभागी भएर नृत्य गर्ने टोलीहरुलाई नगदपुरस्कार बितरण गरिएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

कार्यक्रममा गौरादह नगरपालिका उपमेयर गीता भेट्वाल, १ नं. वार्डका वडाध्यक्ष नगेन्द्र भण्डारी, वडा नं. २का वडाध्यक्ष हेमन्त कार्की, वडा नं. ३ का वडाध्यक्ष गजेन्द्र घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । वार्ड नं. २ वडा कमिटि अध्यक्ष शंकर कट्टेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला सचिवालय सदस्य योगराज दाहाल प्रमुख अतिथि रहनुभएको थियो ।

२ नं. वडा सचिवालय सदस्य मेनुका काफ्ले ले स्वागत मन्तव्य राखेको कार्यक्रममा मन्जुु अधिकारीले कार्यक्रम संचालन गरेकि थिइन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments