Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

काठमाडौं,  ९  भदौ  ।  सरकारले समायोजनमा जाने प्रहरीको बढुवा गर्न नसकिने दोहोर्याएको छ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा प्रहरी समायोजन विधेयक २०७६ माथिको छलफलका क्रममा गृहसचिव प्रेमकुमार राईले समायोजनमा जाने प्रहरीको बढुवा गर्न नसकिने बताएका हुन् ।

उनले एउटै तहका प्रदेश प्रहरीले नपाउने र संघीय प्रहरीले पाउने व्यवस्था गर्दा विभेद हुने दाबी गरे । उनले समायोजनमा जाने प्रहरीका लागि दुई ग्रेड थप गर्ने व्यवस्था गरिएको जानकारी गराए ।

बैठकमा समिति सदस्यहरुले विगतमा पनि नेपाली सेनाबाट सशस्त्रमा लैजाँदा एक तह बढुवा गरिएको नजिर रहेको तथा हाल निजामति कर्मचारीको समायोजन गर्दा पनि एक तह बढुवा गरिएकाले प्रहरी समायोजनमा पनि सोही अभ्यासलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।

समायोजनमा जाने प्रहरीको एक तह बढुवा गरिनुपर्ने आवाज उठेपनि त्यो व्यवस्था विना नै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयक पास गरेको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments