Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं,  ८  भदौ  ।  सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्यासिंह शाहले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार भइरहेको जानकारी दिनुभयो । सिंगापुरको नेशनल युनभर्सिटी हस्पिटलमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया केही पटक दोहोरिने बताइएको छ ।

प्रधानमन्त्री ओलीको शरीरमा बढेको एन्टिबडी निष्काशन गर्न दिन बिराएर प्लाज्मा फेरिसस गर्नुपर्ने भएको छ । मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा बढी देखिएपछि थप उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर जानुभएको थियो ।

एक दिन बिराएर यो उपचार प्रक्रिया शुरु गरिएको छ । शुक्रबारको पहिलो सेसनपछि सकारात्मक प्रभाव परेकोले दोस्रो सेसनअन्तर्गत आइतबार पनि फेरेसिस गर्ने कार्यक्रम रहेको छ । उपचार प्रक्रिया लम्बिने भएकोले कम्तीमा १० दिने ओली सिंगापुरमै रहने बताइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments