Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

काठमाडौं,  ४  भदौ  ।  पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।

पौडेलले अनुसन्धानमा रहेको पत्रकार पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो कीर्ते तथा दुरुपयोग गरेको भन्दै चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पुगेर जाहेरी दिएकी थिइन् । तर प्रहरीले उजुरी दर्ताका लागि प्रमाण नपुग्ने र चितवनमा अनुसन्धान भइरहेको विषयमा क्षेत्राधिकार नपुग्ने भन्दै उजुरी दर्ता गर्न अस्वीकार गरेको हो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments