Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं,  ४  भदौ  ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । बुधबार (आज) मात्रै नेपाल आएका विदेशमन्त्री जयशंकर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

जयशंकरले विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम रहेको छ । नेपाल–भारत संयुक्त आयोगको बैठक बुधबार (आज) र विहीबार (भोली) हुनेछ । बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments