Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

स्याङ्जा,  २८  साउन  ।  चापाकोट नगरपालिका वडा नम्बर ५ को ज्याग्दी खोलामा माछालाई थापेको जालमा बेरिएर दुई जनाको ज्यान गएको छ ।

ज्याग्दी खोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको ज्यान गएको हो । निरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा नीरबहादुर पनि जालमा बेरिएको चापाकोट नगरपालिकाका सल्लाहकार विश्वास पुरीले जानकारी दिनुभयो ।

मृतकहरुको शवलाई पोष्टमार्टमका लागि वालिङ लगिएको प्रहरीले जनाएको छ ।

कसरी भयो घटना ?

चापाकोट नगरपालिका वडा नम्बर ४ मा रहेको राम मन्दिर माविमा पढाएर सोमबार अपरान्ह साढे चार बजेतिर निरबहादुर राना घर आइपुग्नु हुन्छ । उहाँको दुई जना साथीहरु वीरबहादुर र बमबहादुर आलेसँग भेट हुन्छ । सधैँजसो माछा मार्न जाने सल्लाहपछि साँझ ५ बजेतिर उनीहरु ज्याग्दी खोलातिर लाग्छन् ।

माछा मार्ने क्रममा वीरबहादुरले फालेको जालले उहाँलाई नै बेर्छ र उहाँ खोलामा डुब्नु हुन्छ । नजिकै रहनु भएका निरबहादुर आफ्नो जाल फालेर वीरबहादुरलाई बचाउन खोलामा पस्नु हुन्छ तर उहाँलाई पनि जालले बेर्छ र दुवै जनालाई बगाएर कौडे रहमा पुर्‍याउँछ ।

जाल भारी तथा उचाल्नसमेत कठिन हुने हुँदा उनीहरुले आफूहरुलाई बेरेको जाललाई पन्छाउन सक्तैनन् र माछालाई हानेको जालले उनीहरु दुवै जनाको ज्यान लिन्छ । साँझको समयमा छुट्टै माछा मारिरहनु भएका बमबहादुरले यो घटना देखेपछि उद्धारको लागि हारगुहार गर्नुभयो ।

तर जालमा परेका दुवै जनाको शरीरबाट जाल पन्छाएर बाहिर निकाल्दा उनीहरुकोे ज्यान गैसकेको हुन्छ ।उज्यालो

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments