Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं,  २७  साउन  ।  यातायात व्यवस्था कार्यालय ललितपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

काठमाडौं डल्लु बस्ने सुर्खेतका १८ वर्षीय बिनोद शाही रहेको प्रहरीले जनाएको छ ।

ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित सुजुकी ट्रायल सेन्टरमा आइबार सञ्चालित ट्रायल परीक्षामा सुर्खेतका दिनेश अधिकारीको नाममा ट्रायल दिने क्रममा शाहीलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments