Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

विराटनगर,  २६  साउन ।  घरेलु मदिरा बिक्री गर्न लैजाँदै गरेको अवस्थामा मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित भित्री सडक खण्डबाट प्रहरीले आइतबार चार जनालाई पक्राउ गरेको छ । ग्यालेनमा हाली साइकलमा राखेर घरेलु मदिरा बिक्रीका लागि लाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–२ का ४० वर्षीय शरदपाल मण्डल, २१ वर्षीय श्यामसुन्दर सहनी, ४६ वर्षीय बलदेव लामा र ४० वर्षीय उमेश मण्डल रहेको डीएसपी खिँउजुले जानकारी दिए।

पक्राउ परेकाहरुबाट १४४ लिटर अवैध घरेलु मदिरा बरामद भएको प्रहरीके भनाई छ । पक्राउ परेका चारै जना र उनीहरुबाट बरामद भएको साइकल तथा मदिरालाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइएको जानकारी उनले दिए ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments