Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

बिराटनगर,  २६  साउन  ।  बिराटनगरमा “स्पिक अप” प्रतियोगिता आयोजना हुने भएको छ । बिराटनगरको महेन्द्र मोरङ कलेजका छैठौ सेमेस्टरका बिद्यार्थीको आयोजनामा समाजमा देखिएका विसंगति विरुद्धको आवाजको लागि उक्त कार्यक्रम आयोजना गरिन लागिएको हो ।

कार्यक्रममा बिराटनगरमा बिबिए वा बिबिएम पढाइ भइरहेका कलेजका बिद्यार्थीबीच सामाजिक बिकृतिका बिरुद्धको बिषयमा बिभिन्न विधामा कार्यक्रम हुने आयोजक बिद्यार्थी नेहा शर्माले जानकारी दिइन।

कार्यक्रम साउन ३१ गते बिराटनगरको बिरेन्द्र सभागृहमा आयोजना हुनेछ । कार्यक्रमको अगाडी साउन २८ गते सामाजिक बिकृति बिरुद्ध र्याली समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments