Online Bichar
बुधबार, बैशाख १६, २०८३ | Wednesday, April 29, 2026

भद्रपुर,  २६  साउन  ।  झापा भद्रपुर १० का वासुदेव जोगीका १२ वर्षीय छोरा सुमन जोगीको माछापोखरीमा डुबेर मृत्यु भएको छ । सोही वडामा रहेको विष्णु कन्ट्रक्सनको माछापोखरीमा शनिबार साँझ उनी घोप्टो परी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घरबाट १ बजेतिर निस्किएका सुमन साँझसम्म घर नर्फकिए पछि खोज्दै जाँदा परिवारले नै पोखरीमा डुबेको अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए । उनको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments