Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं,  २१  साउन  ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपकुलपति प्रा. डा. राजकुमार रौनियार धरौटीमा रिहा भएका छन्।

मंगलबार विशेष अदालतका न्यायाधीयश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासले रौनियारलाई धरौटीमा छोड्न आदेश दिएको हो।

विशेषले रौनियारलाई ४८ लाख धरौटीमा रिहा गरेको हो। रौनियारविरुद्ध आइतबार विशेष अदालतमा १ करोड २८ लाख विगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उनले होस्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिने श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालीका प्रबन्ध निर्देशक सुशिलकुमार झाससँग घुस लिएका थिए।

उनले भवन निर्माण मोविलाइजेसन रकम भुक्तानी दिँदा विभिन्न विल भुक्तानी गर्दा घुस लिएको अख्तिायरको दाबी छ। उपकुलपति रौनियार र उनका भतिजा डा। रामहरी रौनियारले निवासमै बोलाएर झासँग घुस लिँदालिँदै अख्तियारले पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments