Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं,  १९  साउन  ।  घूससहित रंगेहात पक्राउ परेका धरानस्थिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियार विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

रौनियारलाई गत असार २६ गते प्रतिष्ठानको भवन निर्माण ठेक्काको कमिसन बापत घूस बुझ्ने क्रममा अख्तियारले पक्राउ गरेको थियो ।

उनी बिरुद्ध १ करोड २८ लाख रुपैयाँ र उनका भतिज रामहरि रौनियारविरुद्ध ८ लाख रुपैयाँ विगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments