Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

१९  साउन ।  प्रदेश १ सरकारले प्रदेशमा ३ वटा आयुर्वेद केन्द्र र प्रदेशमा भएका सबै जडीबुटीको सुचीकरण गर्दे वैद्यखाना संचालन गर्ने तयारी गरेको छ । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ मोरङको अधिवेशन उद्घाटन सत्रमा प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले यस्तो जानकारी दिनुभएको हो ।

आयुर्वेद चिकित्सा पद्धति संकटमा परेको बताउदै मन्त्री घिमिरेले प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य जिवन अभियान संचालन गर्ने अभियानमा जुटेको पनि बताउनुभयो । जिल्ला आयुर्वेद अस्पतालका लागि प्रदेश सरकारले आवश्यक नीति नियम बनाएर अगाडि बढेको उहाँले जानकारी दिनुभयो । विगतमा राज्यले नै आयुर्वेदिक उपचार पद्धतिलाई वैकल्पिक पद्धतिमा राखेका कारण यो पछाडि परेको उहाँले बताउनुभयो ।

आयुर्वेद मुल प्रवाहीकरण रहेको बताउदै मन्त्री घिमिरेले अब प्रदेश सरकारले आयुर्वेदलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । अधिवेशनको उद्घाटन सत्रमा सहभागिहरुले आयुर्वेद चिकित्सा पद्धति संकटमा परेको बताउनु भएको थियो । कार्यक्रममा बोल्दै नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेशका सचिव जिपी तिवारीले आयुर्वेद चिकित्सा पद्धति छायामा परेको गुनासो गर्नुभयो ।उहाँले यसका लागि सरकारी निकायले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

यस्तै नेपाल आयुर्वेद औषधि व्यवसायी संघ मोरङका सदस्य गंगा साहले आयुर्वेद चिकित्सा पद्धतिलाई सरकारले प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो ।नेपाल समाचारपत्र

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments