Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं,  १७  साउन  ।  टिपरसँग घुस लिने पाचँजना ट्राफिक प्रहरीलाई अख्तियारले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिगुवापाटी ट्राफिक पोस्टमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई, पाँचखालमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु , प्रहरी जवान ज्ञानबहादुर लामगादे, बनेपा ट्राफिक पोस्टमा कार्यरत हरिचन्द्र बानियाँ र प्रहरी हवल्दार रामहरि मानन्धर रहेको अख्तियारले जनाएको छ ।

मेलम्चीबाट काठमाडौंतर्फ बालुवा लिएर आउदै गरेको टिपरबाट घुस उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेका विभिन्न तीन ठाउँबाट पक्राउ गरेको छ । उनीहरुले बालुवा लिएर आउने टिपरसँग विभिन्न बाहनामा २/२ हजार घुस रकम लिएका छन् ।घुस लिने गरेको सूचनाको आधारमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटेको टोँलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसबारे आवश्यक अनुसन्धान चलिरहेको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments