Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026

काभ्रेपलाञ्चोक, ६  असार  ।   काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले जनप्रतिनिधिका लागि गाडी किन्न आएको पैँसाले दमकल खरिद गरेको छ । चालू आर्थिक वर्षमा जनप्रतिनिधिलाई सवारीसाधन खरीदका लागि छुट्याइएको ७५ लाख रकममध्ये बोलपत्रमार्फत रु ५० लाख ५० हजारमा दमकल खरीद गरिएको हो ।

कार्यालयको गाडी तथा वडाध्यक्षलाई मोटरसाइकलका खरीदका लागि छुट्याइएको बजेटले दमकल खरीद गरिएको नपाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिए । नगरपालिकाको अघिल्लो आवमा नगरप्रमुखलाई गाडी खरीद गर्न छुट्याइएको रु ४५ लाख पनि तीन वडाका बासिन्दाका लागि खानेपानी व्यवस्थापनमा खर्चिएको थियो ।

नगरप्रमुख महेश खरेलले कार्यपालिकाले चालू आवमा गाडी तथा मोटरसाइकलको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको बताए । उनले भने, “हामीले नगरको आवश्यकतालाई पहिलो प्राथमिकता दियौँ”, नगरको चालू आर्थिक वर्षमा रु २१ लाख ७५ हजार वडाध्यक्षलाई मोटरसाइकल खरीद गर्न छुट्याइएको थियो ।

कार्यपालिकाले नगरको आवश्यकतालाई प्राथमिकता दिएर मोटरसाइकलको बजेट दमकल खरीद गर्ने निर्णयप्रति सबै वडाध्यक्ष सहमत भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकालले बताए । उनले भन्नुभयो, “यसअघि पाँचखाल क्षेत्रमा आगलागी हुँदा निकै समस्या झेल्दै आइएको थियो ।”

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments