गौरादह, २१ बैशाख । गौरादह ५ स्थित चप्रामारीमा नाक,कान, घाँटी रोग सम्बन्धि १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गौरादह नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको शिविरमा १२२ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा घाँटीका १० जना अपरेशन गर्नुपर्ने बिरामी भेटिएका छन् ।
सो शिविरमा बिरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको छ । शिविरमा डा. दिपक पौडेलको नेतृत्वमा आएको टोलिले स्वास्थ्य परिक्षण गरेको थियोे ।
गौरादह नगरपालिका सामाजिक विकाश समिति संयोजक मणिन्द्र कार्कीको सभापतित्वमा शिविर सम्पन्न भएको हो । गौरादह नगरपालिका प्रमुख तथा शिविरका प्रमुख अतिथि रोहित कुमार शाहले शिविरको उद्घाटन गर्दै नगरपालिकाले नगरबासीको घर आँगनमा पुगी स्वास्थ्य सेवा दिएको धारणा राख्नुभयो । गौरादह नगर स्वास्थ्य संयोजक पर्शुराम भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रममा नगर स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।






