Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

गौरादह, १३ बैशाख ।  कमलगाउँपालिका १ गरुडमारी स्थित कालिका प्राथमिक विद्यालयले विद्यार्थीहरुलाई पुरस्कार तथा छात्रवृत्ति वितरण गरेको छ । विद्यालयमा अध्यनरत विद्यार्थीहरु मध्ये उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार वितरण गर्न स्थानीय तेज प्रसाद चम्लागाईंले २५ हजार, नर प्रसाद चम्लागाईंले १५हजार, रामकृष्ण भट्टराईले १ लाख १ हजार र प्रेम सुवेदीले २५ हजार बराबरको अक्षयकोष स्थापना गरेका थिए ।

विद्यालयमा पुरस्कार वितरण कार्यक्रमको अवसर पारेर प्रथम, द्वितिय र तृतिय हुने १५ जना विद्यार्थीलाई क्रमशः १हजार, ७सय र ५सय का दरले पुरस्कार वितरण गरिएको थियो । विद्यालयमा रहेको बाल क्लबले दुई जना विद्यार्थीलाई नगद ६ सय का दरले पुरस्कार वितरण गरेको थियो ।

गौरादह निवासी लक्ष्मी ढकाल, शारदा भेट्वाल र कृष्ण कोइरालाले उत्कृष्ट ३ जना विद्यार्थीलाई नगद १ हजार का दरले नगद पुरस्कार वितरण गरेका थिए ।

लायन्स क्लब अफ गौरादह र कालिका बालक्लबको संयुक्त लगानीमा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्टेनशरी सामग्री वितरण गरेका थिए ।विद्यालयको विभिन्न क्षेत्रमा सहयोग गर्ने दाताहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । अक्षयकोषदाता रामकृष्ण भट्टराईले विद्यालयमा कार्यरत शिक्षक नर प्रसाद चम्लागाईंलाई उत्कृष्ट शिक्षकको रुपमा नगद १हजार५ रुपैयाँले सम्मान गरियो ।

विद्यालयका प्रधानाध्यापक छत्र बहादुर कार्कीले विद्यालयको वार्षिक प्रगति विवरण सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयव्यवस्थापन समितिका अध्यक्ष पुष्प बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा कमलगाउँपालिका वडा नंं. १ का वडाध्यक्ष केदार कट्वाल प्रमुख अतिथि रहेका थिए ।

तपाईको प्रतिक्रिया