Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

काठमाडौँ, १३ बैशाख । खुलामञ्च अतिक्रमण गरेर धमाधम व्यावसायिक प्रयोजनका सटर निर्माण भइरहे पनि रोक्न सम्बन्धित निकायले चासो दिएको छैन । सम्बन्धित वडा कार्यालयले यसबारे थाहै नभएको जवाफ दिने गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा दामोदर न्यौपानेले लेखेका छन् ।

अनुमति नदिएको बताउने महानगरले पनि कारबाही प्रक्रिया अघि बढाउन पहल गरेको छैन । काठमाडौँ भ्युटावर बनाउन ठेक्का लिएको स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले खुलामञ्चमा पसल सञ्चालनका लागि सटर बनाइरहेको हो ।

कम्पनीले ५२ वटा सटर तयार गर्दै छ । केहीमा पसलै चल्न थालिसकेका छन् । महानगरपालिकाले खुलामञ्चको उत्तरतिर बसपार्क राख्न दिएपछि अतिक्रमणको क्रम बढेको हो ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया