Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

काठमाडौं, ११ बैशाख ।  अबको दुई वर्षमा देशका अधिकांस भाग अप्टिकल फाइबरले जोडिने भएका छन्। हालसम्म सघन वस्ती र सिमति सहरी क्षेत्रमात्र जोडेको यो प्रविधिले आबको दुईवर्षभित्र करिब करिब नेपालका सबै ठाउँलाई जोड्ने भएको हो।

यसको मुख्य सारथी भनेको नेपाल टेलिकम हो। जसले प्रदेश १ देखि ३ सम्म २ हजार १७९ किलोमिटर क्षेत्रफलमा अप्टिल फाइबर विस्तार गरिसक्ने छ। नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दुरसञ्चार कोषको रकमबाट मध्य पहाडी क्षेत्रसँग उत्तरदक्षिण करिडोरबाट नेपालभर अप्टिकल विस्तार गर्ने योजना ल्याएको छ। त्यसमा १ देखि ३ सम्मका प्रदेशमा नेपाल टेलिकमले जिम्म पाएको छ।

४, ५ र ६, ७ गरी दुई प्याकेजका ठेक्का पनि प्राधिकरणले लगाएको छ। यसमा ४ र ५ मा ठेक्क पाएको युटिएलले काम नगरेपछि सरकारले ठेक्का तोड्न निर्देशन दिएको छ। ६ र ७ मा स्मार्ट वल्र्डंलिंकले काम गरिरहेको छ।

नेपाल टेलिकमले जिम्मा पाएको क्षेत्रमा निकै ढिलागरीमात्र काम शुरु हुने भएको छ। टेलिकमले अप्टिकल विस्तारका लागि बल्ल ठेक्का सम्झौता गरेको छ। सम्झौता भएको २ वर्षभित्र काम सम्पन्न हुने टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए।

यसको जिम्मा टेलिकमले चिनियाँ कम्पनीलाई दिएको छ।सेतोपाटी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments