Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झापा – एकिकृत अखिल नेपाल शिक्षक संगठनले धमाधम जिल्ला र प्रदेशको सम्मेलन सम्पन्न गरिरहेको छ । नेकपा माओवादी केन्द्र सम्वद्ध यस संगठनको प्रदेश नं १ को प्रथम सम्मेलन माघ १६ गते बाट झापाको दमकमा सुरु हुने भएको छ ।

प्रदेश नं १ अन्तर्गतका १४ जिल्लाको सम्मेलन सकेर १६ गते प्रदेशको सम्मेलनको मिति तय भएको जनाईएको छ । एकिकृत अखिल नपाल शिक्षक संगठनका केन्द्रीय उप–महासचिव सिताराम अधिकारीका अनुसार सो सम्मेलनमा २ सय ५० जना प्रतिनिधि तथा ५० जना पर्यवेक्षकगरी तीनसय जनाको सहभागिता हुनेछ ।

प्रदेश नं १ का इन्चार्ज समेत रहेका अधिकारीका अनुसार सम्मेलनको प्रमुख बक्ताको रुपमा नेकपा माओवादी केन्द्रका स्थाई समिति सदस्य, पूर्व सूचना तथा संचार मन्त्री एवम् प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्की रहने छन् । सम्मेलन उद्घाटन शत्र र बन्द शत्र गरेर दुई दिन सम्म चल्ने छ ।

सम्मेलनको तयारी द्रुत गतिमा भइरहेको र सोको लागि बिभिन्न समितिहरुले आ–आफ्नो जिम्मेवारीमा सक्रिय भूमिका निर्वाह गरिरहेको नेता अधिकारीले बताए । उनले सम्मेलनमा नेपालको शिक्षा क्षेत्रलाई गुणात्मक र उदहारणीय बनाउदै शिक्षकका हक अधिकारलाई पेशागत रुपमा थप मजबुद बनाउने तथा समाजवाद उन्मुख शिक्षाको नीति कार्यक्रमको सम्बन्धमा अन्तरक्रिया समेतहुने तयारी रहेको जनाए । माघ भरिमा सात प्रदेशको सम्मेलन सकेर संगठनको राष्ट्रिय सम्मेलन भने फल्गुन ३, ४ र ५ गते काठमाण्डैंमा सम्पन्न हुने समय तलिका समेत निर्धारण भएको छ ।

तपाईको प्रतिक्रिया