काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् ।
पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र महाधिवेशन गर्ने बताए ।
जिल्ला कमिटीको अध्यक्ष र सचिव टुंगो लागेसँगै पार्टी एकता मूलभूत रुपमा टुंगिएको भन्दै उनले अब पार्टीलाई तलसम्म गतिशील बनाउनुपर्ने बताए ।पार्टीका अधिवेशनलाई भ्रष्टाचार, ढिलासुस्ती, बेइमानी, जालझेलका विरुद्ध अभियानको रुपमा लैजानुपर्ने उनले बताए ।