Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

गौरादह,  ८  वैशाख  ।  सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्ने उद्देश्यले सरोकारवालाहरु सँग विद्यालय भर्ना अभियानका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “शैक्षिक गुणस्तर सुधार अबको नारा, समृद्ध गौरादह निर्माण हाम्रो अभिभारा” भन्ने मूल नारा का साथ सञ्चालन गरिएको अन्तरक्रिया कार्यक्रममा विद्यालयमा विद्यार्थी भर्नालाई प्रभावकारी बनाउँदै शैक्षिक गुणस्तरलाई व्यवस्थीत बनाइने विषयमा छलफल गरिएको थियो ।

गौरादह स्रोत केन्द्र भवनमा सञ्चालन गरिएको अन्तरक्रियामा सामुदायिक विद्यालयका प्रधानध्यापकहरु , शिक्षक महासंघ, शिक्षकका पेशागत संगठनहरु त्था जनप्रतिनिधिहरु सहभागी भएका थिए ।

गौरादह नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको अन्तरक्रियामा खयरवारी प्राथमिक विद्यालयका शिक्षक याम कुमार श्रेष्ठले प्रत्येक विद्यालयमा दुइवटा बालशिक्षकको दरबन्दी कायम गरि अनिवार्य पाठ्य पुस्तकको व्यवस्था गरिनुपर्ने, ३ वर्ष पुरा भएका बालबालिकालाई विद्यालयमा भर्ना गराइनुपर्ने प्रत्येक प्राथमिक विद्यालयमा दुइवटा कर्मचारीको व्यवस्था हुनुपर्ने, अंग्रेजी माध्यमको पाठ्यपुस्तकको व्यवस्था गरिनुपर्ने धारणा राखेका थिए ।

लाल जनकल्याण प्राथमिक विद्यालय गौरादह १ कि शिक्षक निर्मला कुमारी पौडेलले विद्यालयमा दरबन्दी र शिक्षक अनिवार्य रुपमा कक्षा अनुसार कायम गरिनुपर्ने धारणा राखिन् । सूर्योदय आधारभुत विद्यालय गौरादह ३ का शिक्षक लिलानाथ गौतमले विद्यालयमा संगित र खेलकुद शिक्षकको व्यवस्था गरिनुपर्ने धारणा राखेका थिए ।

शिक्षक महासंघ झापा जिल्ला अध्यक्ष बुद्धिमान कार्कीले शिक्षकहरुलाई काम कर्तव्य र अधिकार प्रति जिम्मेवार बनाउँदै डिजिटलाइज्ड प्रविधिलाई सञ्चालन गर्दै विद्यालयमा नगरशिक्षाले अनिवार्य रुपमा अनुगमन गर्नुपर्ने धारणा राखे । नेपाल शिक्षक महासंघ गौरादह नगर अध्यक्ष बाबुराम भण्डारीले विद्यालयमा विद्यार्थी संख्या वृद्धि सँगै शैक्षिक गुणस्तर सुधार्न अभिभावक, शिक्षक र विद्यार्थीहरु बीच तालमेल हुनुपर्ने धारणा राखे ।

गौरादह नगर प्रमुख रोहित कुमार शाहको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा सामाजिक विकास समिति संयोजक मणिन्द्र कार्की, गौरादह नगर शिक्षा अधिकृत टेकनाथ रेग्मी लगायतले मन्तव्य राखेको पूर्व स्रोत व्यक्ति हरि अधिकारीले जानकारी गराए ।

तपाईको प्रतिक्रिया