Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

गौरीगंज, ८ वैशाख ।  ज्येष्ठ नागरिक उपभोक्ता समिति गौरीगंज ६ ले वडा भित्र रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिकको सम्मान राष्ट्रको पहिचान भन्ने मूल नारा का साथ आयोजना गरेको सम्मानमा एक कार्यक्रमका बीच गौरीगंज गाउँपालिका का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले सम्मान गरेका हुन् ।

राधाकृष्ण सभाहलमा आयोजना गरिएको सम्मान कार्यक्रममा वडा नं। ६ भित्रका ३८ जना माता पिताहरुलाई दोसल्ला ओढाई मिष्ठान्न भोजन खान दिई सम्मान गरिएको थियो ।

त्यसअवसरमा उपभोक्ता समिति कोषाध्यक्ष भावना बोहराको नेतृत्व्मा भजन कृतन सहित नृत्य गरिएको थियो । उपभोक्ता समिति वडा नं ६ अध्यक्ष विषमलाल यादवको सभापतित्व्मा कार्यक्रम सम्पन्न भएको थियो ।

वडा नं। ६ का वडाध्यक्ष बद्री नारायण यादव, कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्यहरु उदीम राई, मुकेस शाह, रणकुमारी विक, ज्येष्ठ नागरिक संघ वडा नं। ६ अध्यक्ष राम कृष्ण यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । उपभोक्ता समिति सचिव हरिभक्त संग्रौलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया