Online Bichar
बुधबार, जेठ ०१, २०८२ | Wednesday, May 14, 2025

गौरादह, ७ बैशाख । शुभलक्ष्मी सहकारी संस्था गौरादहले झापाले २१ औं स्थापना दिवश भव्यताका साथ सम्पन्न गरेको छ ।

अतिथि सदन सभाहल गौरादहमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष प्रकास कार्कीले संस्थाको प्रगति विवरण सहित आ.व. ०७५/०७६ चैत्र मसान्त सम्मको आर्थिक विवरण प्रस्तुत गरका थिए । संस्थामा हाल सम्म २ हजार ७ सय ९० जना शेयर सदस्य रहेका छन् ।

त्यस अवसरमा संस्थाका जेष्ठ सदस्य चुडा वहादुर बस्नेत र जमुना गिरी, पुर्व सञ्चालक समिति सदस्य उर्मिला कार्की, राम प्रसाद सिटौलालाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । संस्थाको सहकारी पसलबाट नियमित सामान खरिद गर्ने सदस्यहरु मञ्जु भट्टराई, सरिता भट्टराई, जय वहादुर कार्की र सिता थापालाई पुरस्कृत गरिएको थियो ।

संस्थाले गौरादह नगरपालिका भित्र रहेका २ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । श्री कप्तानबारी आधारभुत विद्यालय र श्री कञ्जन्जङ्गा आधारभुत विद्यालयलाई २५÷२५ वटा व्याग वितरण गरेको थियो । राष्ट्रिय सहकारी महासंघ उपाध्यक्ष ओमा देवी मल्लको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थाका सल्लाहकार शुरेशबहादुर पौडेल, नेकपा गौरादह नगर अध्यक्ष मित्रदेव काफ्ले, नेपाली कांग्रेस गौरादह नगर सभापती यादवराज सेढाई, राप्रपा गौरादह नगर अध्यक्ष शान्तिराम पौडेल, आठमौजा बचत तथा ऋण सहकारी संस्था अध्यक्ष अर्जुन दंगाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव हेमचन्द्र घिमिरे (राजु) ले गरेका थिए ।

तपाईको प्रतिक्रिया