मोरङ, ५ वैशाख । प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन आज बिहान मोरङको सुन्दरहरैचा नगरपालिका (७ स्थित बेलगाछीमा तर्साउनका लागि बनाइएको नक्कली कुकर बम राखिएको फेला परेको छ ।
फेला परेको खबर पाएलगत्तै नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त कुकरभित्र बासी भात भेटिएको छ ।
कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएकोले गर्दा स्थानीयमा त्रास फैलाएको थियो । बम भनिएको उक्त बस्तु हटाइएपछि अवरुद्द राजमार्ग खुलेको छ ।