Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

काठमाडौं, ४ बैशाख ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीलाई प्राप्ताङक दिँदा गम्भीर त्रुटि गरेको पाइएको छ। त्रिविले एक विद्यार्थीलाई कुल ४० नम्बर पूर्णाङक भएको ‘जिओलोजी प्राक्टिकल’ विषयको लब्धाङ्क–पत्रमा ४२ नम्बर दिएको छ।

बीएस्सी चौथो वर्षको विषयमा  यस्तो त्रुटि भएको हो। यो विषयमा उत्तीर्णाङक १६ छ। परीक्षा नियन्त्रण कार्यालयले भने छपाई त्रुटिका कारण यस्तो समस्या भएको बताएको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘विषयगत कोड छपाई गर्दा बिग्रेर यस्तो समस्या आएको हो।’ पूर्णाङक भन्दा बढी उत्तीर्णाङ्क ल्याएका विद्यार्थीलाई नयाँ लब्धांक–पत्र दिएको जोशीले बताए।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments