Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

विराटनगर, ३ वैशाख ।  पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते भएका अर्का युवकको मंगलबार मृत्यु भएको छ ।

गत बुधबार पूर्वराजा शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थल पुर्‍याएर फर्कदै गरेको बा ३ च ७९६२ नम्बरको गाडीको ठक्करबाट घाइते भएका इटहरी उपमहानगरपालिका– ९ का प्रकाश चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । उनी विराटनगरको विराट नर्सिङहोममा उपचाररत थिए ।

शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मी सवार कारले विराटनगरबाट झापा फर्कने क्रममा मोरङको सुन्दरहरैचा नगरपालिका– ४ मा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट इटहरी उपमहानगरपालिका ९ का २२ वर्षका हेम चौधरीको गत बुधबार नै मृत्यु भएको थियो ।

घाइते चौधरीको मंगलबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

अल्मुनियमको काम गर्दै आएका २२ वर्षका प्रकाश र हेम साइटको कामले गर्दा मोरङका सुनसरीका विभिन्न स्थानमा पुग्ने गरेका थिए ।
बुधबार पनि सुन्दरहरैचामा दिनभरी काम गरेर मोरटरसाइकलमा घर फर्कदै गर्दा पूर्वराजा ज्ञानेन्द्रलाई एयरपोर्टमा छाडेर फर्किएको गाडीले ठक्कर दिएको थियो ।अनलाइनखबर

तपाईको प्रतिक्रिया