Online Bichar
सोमबार, बैशाख २९, २०८२ | Monday, May 12, 2025

गौरादह, २ वैशाख । झापाको कमलगाउँपालिका ७ स्थित पारिजात चोक बाट एक व्यक्ति हराएका छन् १६ दिन पहिले देखी सम्पर्क विहिन भएका गजेन्द्र विश्वकर्मा को खोजी कार्य तिव्र रुपमा भइरहेको पारिवारीक स्रोतले जनाएको छ ।

पाँचथर जिल्ला कुम्मायक गाउँपालिका १ खाल्ले स्थायी घर भएका विश्वकर्मा आफन्तको घरमा आएका बेला कमलगाउँपालिका ७ स्थित पारिजात चोकमा छिमेकीको घरमा पुजामा गएका बेला २०७५ चैत १७ गते राति १० बजे बाट बेपत्ता भएको उनका भाई बम बहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

रातो वर्ण भएका ४५ वर्षिय गजेन्द्र विश्वकर्मा बोल्न नसक्ने र कान नसुन्ने अवस्थाको भएको बहिनि निसा लकान्द्रिले बताउनुभएको छ ।

उनको खोजीको लागि इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादहमा निवेदन दिइसकेको उनका भाई बम बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया