Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

ओखलढुंगा, १ बैशाख ।   लुक्लामा समिट एयरको जहाज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोलुखुम्बुको तेञ्जिङ हिलारी विमास्थलमा ९एन (एएमएच) कलसाइनको जहाज धावनमार्गबाट चिप्लिदा दुर्घटना भएको हो।

मृत्यु हुनेमा समिट एयरका को(पाइलट सुदिप ढुंगाना र नेपाल प्रहरीका असइ रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भयो भने अर्का असइ रुद्रबहादुर खड्काको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको छ।

लुक्लामा पर्यटक छाडेर रामेछाप फर्किने क्रममा धावन मार्गमै समिट एयर चिप्लिएको थियो। उक्त जहाजले मनाङ एअरको हेलिकोप्टरलाई ठक्कर दिएको थियो। दुर्घटनामा समिटका एयरका रविनाथ रोकाय र मनाङका पाइलट टिवी गुरुङ घाइते भएका छन्। उनीहरुको उपचार काठमाण्डौको ग्राण्डी अस्पतालमा भइरहको प्रहरीले जनाएको छ।

जहाजमा रहेका एयर होस्टेज र चार यात्रु भने सकुसल रहेको बताइएको छ। हेलिकोप्टरमा यात्रु भने थिएनन्। दुर्घटनापछि लागेको आगोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।
क्षतिको अन्य विवरण आउन बाँकी रहेको छ।

जहाज धावनमार्गबाट चिप्लिएपछि दुई हेलिकोप्टरमा ठक्कर दिएपछि दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताए। मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ। बिहान ९ः२० बजे दुर्घटना भएको थियो।

मैदान छोड्ने क्रममा समिट एअरले मनाङ र श्री एयरको अर्को हेलिकोप्टरलाई समेत ठक्कर दिएको थियो। अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया