Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, २९ चैत ।  गौरादह नगरपालिका–७ स्थित ग्वालडुब्बामा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । राजवंशी समाज विकाश समिति गौरादह–७ ले नयाँ वर्ष २०७६ तथा आदिवासी समुदायको महान पर्व सिरुवाको अवसरमा कार्यक्रम आयोजना गरेको हो ।

आफ्नो जातिय पोशाकमा सजिएर सहभागी भएका आदिवासी समुदायहरुले सिरुवामा मनाइने रङ सिरुवा, काद सिरुवा र पानी सिरुवा सहित घाटो सरिको पुजा गरेका थिए । आदिवासी समुदायले आफ्नो घर परिवारमा मनाइने सिरुवा पर्व सामुहीक रुपमा एकै ठाउँमा जम्मा भई हर्ष उल्लासका साथ पर्व मनाएका छन् ।

कार्यक्रममा गायक बलराम राजवंशी, र्याप गायक हन्निराज राजवंशीको गायन प्रस्तुतीले माहोल तताएको थियो । गायन क्षेत्रमा राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल गायक बलराम राजवंशी र हन्निराज राजवंशीलाई सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो । आदिवासी समुदायमा रहेका स्थानीय गायकहरुले आदिवासी भाषाका गित गाउनुका साथै नृत्य प्रदर्शन गरेका थिए ।

राजवंशी समाज विकास समिति वडा नं. ७ अध्यक्ष अमला राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रिय अध्यक्ष भिमराज राजवंशी प्रमुख अतिथि रहेका थिए । त्यसअवसरमा गौरादह नगर प्रमुख रोहित कुमार शाह, उपप्रमुख गिता भेट्वाल, कोचिला गाभुर फ्रन्ट केन्द्रिय अध्यक्ष अभय राजवंशी, राजवंशी समाज विकाश समिति केन्द्रिय उपाध्यक्ष हेमनसरी राजवंशी, केन्द्रिय सल्लाहकार सदस्य तिर्थ राजवंशी, पूर्व केन्द्रिय सदस्य श्रीलाल राजवंशी, राजवंशी समाज विकास समिति सदस्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । आयोजक कोषाध्यक्ष प्रमिला राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रममा गौरादह नगर अध्यक्ष रघुनाथ राजवंशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया