Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह, २९ चैत । गौरादह नगरपालिका –७ स्थित ग्वालडुब्बामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोचीला गाभुर फ्रन्ट गौरादहले नयाँ वर्ष तथा सिरुवा पावनीको अवसर पारेर आयोजना गरेको रक्तदानमा गौरादह नगरपालिका भित्रका व्यक्तीहरु रक्तदान गर्न सहभागी भएका थिए ।

गौरादह नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको रक्तदानमा ७ महिला सहित ३८ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा सञ्चालन गरिएको रक्तदानमा संकलित ३८ पिन्ट रगत उपशाखा बिर्तामोडको ब्लड बैंकमा जम्मा गरिएको छ ।

गौरादह नगरपालिका–७ कि लक्ष्मी कार्की(राजवंशी)ले पहिलो रक्तदान गरिन् । कोचिला गाभुर फ्रन्टका गौरादह नगर अध्यक्ष तुलशी राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगर प्रमुख रोहित कुमार शाह प्रमुख अतिथि रहेका थिए । त्यसअवसरमा उपप्रमुख गीता भेट्वाल, ताजपुरीया समाज कल्याण परिषदका केन्द्रिय अध्यक्ष गंगाराम ताजपुरीया, गाभुर फ्रन्टका केन्द्रिय सदस्य कुवेर राजवंशी, राजवंशी समाज विकास समिति केन्द्रिय सदस्य सम्पतलाल राजवंशी लगायतले मन्तव्य राखेका थिए । नेपाल आदिवासी जनजाती महासंघ गौरादह–८ का अध्यक्ष गणेश राजवंशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया