Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गुल्मी, २८ चैत । गुल्मीको मुसिकोट नगरपालिका(१ पौदी अमराइमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। दर्लिङ्गबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज, १९५७ नम्बरको जीप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणी भन्डारी, १३ वर्षीय बालक ओस्कार विक र कौशिला थापाको निधन भएको वडा नम्बर १ का अध्यक्ष पूर्णबहादुर हितानले जानकारी दिए।

घाइते पुरीको उपचार गराउन लैजाने क्रममा निधन भएको हो।त्यस्तैगरी अन्य ७ जना घाइतेको वामीस्थित लुम्बिनी वामी हस्पिटलमा उपचार भैरहेको छ। घाइते हुनेमा मालिका गाउँपालिका(२ का एकै परिवारका चारजना घाइते भएका थिए।

घाइतेमध्ये २६ वर्षीया कौशिला थापाको मृत्यु भएको हो।३२ वर्षीय सूर्यबहादुर थापा,३ वर्षीया कृतिमा थापा,५ वर्षीय जेनिस थापाको अस्पतालमा उपचार भइरहेको छ। यसैगरी १८ वर्षीय नरेन्द्र श्रीष,मुसिकोट नगरपालिका( १ का ४० वर्षीय भोजबहादुर भटराई र सोही ठाउँकी ३८ वर्षीया रिमा भट्टराई र चालक कमल पुरीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये गम्भीर भएकालाई पाल्पा रिफर गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।

सडक बिग्रिएपछि अर्को सडकबाट जाने क्रममा मोड काट्न नसकेर दुर्घटना भएको प्रहरीले बताएको छ। पौदी अमराइको चैन्डाडा भने ठाउँमा छत्र निमाबीभन्दा केही तलपट्टी सडकबाट करिब १३० मिटर तल गाडी खसेको जनाइएको छ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया