Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, २७ चैत । झापाको गौरादह नगरपालिका वडा नं.९ स्थित बैगुन्धुरा वडा कार्यालयले युवायुवतीहरुलाई ड्राइभिङ्ग तालिम दिन शुरु गरेको छ । युवायुवतीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा वडा नं. ९ भित्रका महिला र पुरुष गरि ४० जना सहभागि भएका छन् ।
ड्राइभिङ्ग तालिममा सहजिकरण गर्न वडा कार्यालयले चन्द्र सुर्य सिप विकास संस्था दमक सँग समन्वय गरि १ महिने तालिम आयोजना गरेको वडा नं.९ का वडा सचिव खड्ग बहादुर थापाले जानकारी गराए ।

तालिममा सहभागीहरुलाई चार चक्के लाइट गाडी चलाउन शैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिई १ महिना भित्रमा ड्राइभिङ्ग गर्न सक्ने क्षमताको विकाश गर्ने संस्थाका डाइरेक्टर विष्णुप्रसाद अधिकारीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा गौरादह नगरपालिका का मेयर रोहित कुमार शाहले कार्यक्रमको उदघाटन गर्दै नगरपालिका भित्र रहेका इच्छा शक्ति भएका, बेरोजगार, सिप सिकेर केही गर्न खोज्ने युवायुवतीहरुलाई रोजगारीका अवसर सिर्जना गराउन नगरपालिका भित्र यस प्रकारका तालिमहरु सञ्चालन गरिएको बताए ।

अस्थायी ट्राफीक प्रहरी पोष्ट गौरीगंजका प्रमुख गोकुल आचार्य र अस्थायी ट्राफीक प्रहरी पोष्ट गौरादहका प्रमुख शंकर यादवले तालिममा सहभागीहरुलाई सवारी साधन चलाउँदा दुर्घटना बाट बच्न ट्राफीक   नियमको पालना सम्बन्धि प्रशिक्षण दिएका थिए । जीउ धनको सुरक्षा र दुर्घटना बाट बच्न सवारी चालकहरुले ट्राफीक नियमको पालना गर्न अनिवार्य रहेको बताए ।

गौरादह नगरपालिका वडा नं. ९ को अध्यक्ष सिताराम भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपमेयर गिता भेटवाल, नेपाली काँग्रेस बैगुन्धुरा सभापति बाबुराम बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया